सभामुख घिमिरेले गरे टिआरसी विधेयक प्रमाणित

काठमाडौं, भदौ १२ : सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रमाणित गरेका छन्।
संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयकलाई सभामुख घिमिरेले बुधबार प्रमाणित गरेका हुन्।
उक्त विधेयक यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको थियो। सभामुखबाट प्रमाणित भएपछि विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइनेछ।
प्रकाशित मिति: १४:०८ बजे, बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












