Kathmandu Press

पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउन पेशी तोकियो 

आज प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासमा फैसला सुनाउने तय भएको छ। 
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउन पेशी तोकियो 

काठमाडौं, भदौ १२ : पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा बुधबार फैसला सुनाउन पेशी तय भएको छ। 

यसअघि गत असार १२ गतेका लागि फैसला सुनाउन तोकिएको मिति सरेको थियो।  काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मृतककी पत्नी पुर्णिमाया लामाले छानविन र कारबाहीको माग राखेर सर्वोच्चमा रिट दिएकी थिइन्। 

गत जेठ २३ गते बहस सकिएर फैसला सुनाउने दिन तोकिए पनि सर्दै आएको छ। 

आज प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासमा फैसला सुनाउने तय भएको छ। 

२०६९ मा भएको हत्या प्रकरणमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने मागसहित ३ वटा रिट विचाराधीन छन् । सापकोटालाई पक्राउ गर्न आदेशको माग गरिएको छ। 

विपक्षीले भने द्वन्द्वकालीन घटना भएका सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने जिकिर गर्दै आएका छन्। 
 
प्रकाशित मिति: १३:३४ बजे, बुधबार, भदौ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्