बिग बास लिगको ड्राफ्टमा परे सन्दीप र ललित
बिग बासको नयाँ सिजनका लागि क्रिकेट अस्ट्रेलियाले निकालेको खेलाडी ड्राफ्टको सूचीमा सन्दीप र ललितको नाम समावेश भएको हो।काठमाडाैं, भदाै १२ : नेपालका दुई स्टार स्पिनर सन्दीप लामिछाने र ललित नारायण राजवंशी अस्ट्रेलियको बिग बास लिगको ट्राफ्टमा परेका छन्।
बिग बासको नयाँ सिजनका लागि क्रिकेट अस्ट्रेलियाले निकालेको खेलाडी ड्राफ्टको सूचीमा सन्दीप र ललितको नाम समावेश भएको हो।
सन्दीपसँग यसअघि नै बिग बास लिग खेलिसकेको अनुभव छ भने ललित पहिलो विदेशी फ्रेन्चाइज लिगको ड्राफ्डमा परेका हुन्।
सन्दीपले ४ सिजन बिग बास लिग खेलेका छन्। उनले २०१८/१९ र २०१९/२० मेलबर्न स्टार्सबाट खेलेका थिए भने २०२०/२१ र २०२१/२१मा होबर्ट होरिकेन्सबाट खेलेका थिए। उनले ४ सिजनमा कुल ४३ खेल खेल्दै ४८ विकेट लिएका छन्। उनको इकोनोमी ७.४२को छ।
सन्दीप र ललितसँगै ४३२ खेलाडी ड्राफ्डमा परेका छन्। अक्सन सेप्टेम्बर १मा हुनेछ।
प्रकाशित मिति: १३:२१ बजे, बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो टेस्टमा भारत बलियाे, अष्ट्रेलियाविरुद्ध २१८ रनको अग्रताशनिबार, मंसिर ८, २०८१
ग्वार्डिओलाले नवीकरण गरे सिटीसँगको सम्झौताशुक्रबार, मंसिर ७, २०८१
बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’शुक्रबार, मंसिर ७, २०८१
क्यानडाका पूर्वकप्तान साद बिन जाफर लुम्बिनी लायन्समाबिहीबार, मंसिर ६, २०८१