Kathmandu Press

सिग्देल बने नेपाली सेनाको प्रधानसेनापति

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन्।
सिग्देल बने नेपाली सेनाको प्रधानसेनापति

काठमाडौं, भदौ १२ : नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन्।

भदौ २४ कार्यकाल सकिन लागेका प्रधानसेनापति प्रभुराम शर्मा बिदामा बसेपछि सिग्देल कायम मुकायम प्रधान सेनापति छन्।


 

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, भदौ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्