Kathmandu Press

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा झाँक्री पराजित, राई निर्वाचित

एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् । नतिजा अनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भइन् ।
एकीकृत समाजवादीको महिला उपाध्यक्षमा झाँक्री पराजित, राई निर्वाचित

काठमाडौं, भदौ १२ : नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् । नतिजा अनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भइन् ।

Hardik ivf

मत परिणाम अनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाए ।

पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । मतगणना गए राति सुरु भएको थियो ।
 
प्रकाशित मिति: ०८:२० बजे, बुधबार, भदौ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्