Kathmandu Press

‘सम्पूर्ण देशभक्त शक्ति गोलबन्द हौं’

आजदेखि सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा त्यसका लागि पार्टीको संगठनात्मक क्षमतामा गुणात्मक विकास गर्नपर्नेमा जोड दिइएको छ।
‘सम्पूर्ण देशभक्त शक्ति गोलबन्द हौं’

काठमाडौं, भदौ ११ : आम जनता पार्टीले देशलाई विकास र समृद्धिको पथमा लैजान सम्पूर्ण नेपाली एकताबद्ध भएर  लाग्नुपर्ने आवश्यकता औंल्याएको छ।
 
आजदेखि सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा त्यसका लागि पार्टीको संगठनात्मक क्षमतामा गुणात्मक विकास गर्नपर्नेमा जोड दिइएको छ।
 
पार्टीद्वारा अघि सारिएका रुपान्तरणकारी एजेण्डा कार्यान्वयन गर्न संगठन सुदृढीकरणको विकल्प नरहेको जनाउँदै परिवर्तनकारी जनता पहिचान गरी सङ्गठनमा गोलबन्द गर्नु आजको आवश्यकता आएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा संवैधानिक व्यवस्था, राजनीतिक नेतृत्वको चरित्र, राजनीतिक, आर्थिक, सामाजिक अवस्थाको विश्लेषण तथा पार्टीले अघि बढाइरहेका कार्यक्रमको समीक्षा, भ्रष्ट्राचारविरुद्धको आन्दोलन लगायतका विषयवस्तु समेटिएका छन्।

Hardik ivf

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रभु साहले राष्ट्र र राष्ट्रियता बलियो तुल्याउन सम्पूर्ण देशभक्त शक्तिलाई गोलबन्द हुन आह्वान गरे

‘देशमा परिवर्तन चाहने शक्ति एवं पार्टीसँग सहकार्य गर्नुपर्छ, अग्रगामी सोच भएका दलसँग संवाद, सहकार्य र एकताको माध्यमबाट अघि बढन जरुरी छ,’ उनले भने।

बैठकमा समसामयिक राजनीति, मुलुकको अर्थतन्त्र, शिक्षक दरबन्दीलगायतका दलले विगतदेखि उठाउँदै आएका मुद्दाबारे पार्टीको धारणा समेटिएको विशेष प्रस्ताव पेस गरिएको छ। बैठकले मनसुनजन्य प्राकृतिक प्रकोप तथा विभिन्न  दुर्घटना भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको छ।

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्