Kathmandu Press

राष्ट्रिय चिया नीति संशोधन हुन्छ : मन्त्री अधिकारी

विदेश निर्यात हुने चियाको उचित मूल्य दिलाउन पनि आफूले प्रयत्न गर्ने उनको भनाइ थियो। नेपालमा उत्पादन हुने चियालाई आन्तरिक र बाह्य बजारमा प्रवद्र्धन गर्न मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीले बताए।
राष्ट्रिय चिया नीति संशोधन हुन्छ : मन्त्री अधिकारी

काठमाडौं, भदौ ११ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले राष्ट्रिय चिया नीति, २०५७ मा आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्। 

नेपाली अर्थोडक्स चिया प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अधिकारीले २५ वर्षअघि बनाइएको चिया नीतिलाई समय सापेक्ष संशोधन गरी नेपालमा उत्पादन हुने चियाको प्रवद्र्धन गरिने बताए। 

Hardik ivf

विदेश निर्यात हुने चियाको उचित मूल्य दिलाउन पनि आफूले प्रयत्न गर्ने उनको भनाइ थियो। नेपालमा उत्पादन हुने चियालाई आन्तरिक र बाह्य बजारमा प्रवद्र्धन गर्न मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीले बताए।

नेपाली चियाको मूख्य निर्यात बजार भारत भएको तर भारत आफै चियाको ठूलो उत्पादक रहेकाले नेपाली चियाले उचित मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगी बाध्य हुने गरेकाले यो समस्या समाधानका लागि पहल गर्ने मन्त्री अधिकारीले बताए। 

‘कार्यक्रमले हाम्रो ध्यान उत्पादनको गुणस्तर सुधारमा केन्द्रित गराउन, जैविक र दिगो खेती प्रणालीलाई कायम गरी निरन्तरता दिन प्रोत्साहन गर्नेछ, नेपाली अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियाको बीचमा उभिन सक्ने सम्भावना छ,’ उनले भने।

नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि चियाको अक्सन विकल्प हुनसक्ने बताए। नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्ने उनले प्रतिबद्धता जनाए।

प्रदर्शनीले नागरिकलाई नेपाली चियाको गुणस्तरको बारेमा जागरूकता पैदा गर्ने विश्वास गरिएको छ। स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्नेछ, जसले बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्ने विश्वास गरेको मन्त्री अधिकारीले बताए। 

निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी तथा प्रोत्साहन गर्न सरकार सदैव तयार रहने उनले बताए।

प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्