Kathmandu Press

रास्वपा सांसद झाले भने– हामी आफ्नै तरिकाले अगाडि बढ्न तयार भइसक्यौं

सांसद झाले आफूहरु कत्तिपनि नगडमगाएको बताउँदै आफ्नै तरिकाले अगाडि बढ्न तयार भइसकेको बताए। उनले आफूहरु देश बनाउन इमानदार प्रयास गर्न आएको बताए।
रास्वपा सांसद झाले भने– हामी आफ्नै तरिकाले अगाडि बढ्न तयार भइसक्यौं
फाइल तस्बिर।

काठमाडौं, भदौ ११ : राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद मनिष झाले पार्टी सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले अझै देखाउन नसकेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरु अहिलेसम्म त्यो प्रमाण कुरिरहेको बताए।

सांसद झाले आफूहरु कत्तिपनि नगडमगाएको बताउँदै आफ्नै तरिकाले अगाडि बढ्न तयार भइसकेको बताए। उनले आफूहरु देश बनाउन इमानदार प्रयास गर्न आएको बताए।

Hardik ivf

‘हामी इमानदार प्रयास गर्न आएका हौं। १०९ दिन अगाडि हामीसँग प्रमाण छ भनेर एक जनाले हामीप्रति प्रश्न राखेर तपाईंहरुले सरकारीबाट ऋण लिएको प्रमाण छ भनेर बोल्नुभएको थियो। आजसम्म प्रमाण कुरिरहेका छौं, आएको छैन,’ उनले भने, ‘हामी डगमगाएका छैनौं। हामी आश गर्दैथ्यौं, विश्वास गर्दैथ्यौं, तर अब अति भयो । हामी आफ्नै तरिकाले अगाडि बढ्न तयार भइसक्यौं।’

कुनै बालक स्कुल पढ्न जाँदा उसको नामा सरकारले खाजाको लागि बजेट विनियोजन गर्ने गरेको बताउँदै त्यसपनि भ्रष्टाचार भइरहेको बताए। उनले युवा भएपछि रोजगारी, स्वच्छ हावापानी, रोजगारी आदिमा समस्या रहेको बताए।

‘राज्यले उपलब्ध गराउने कुनै रोजगारीको परिकल्पना गर्छ भने त्यहाँ पनि भ्रष्टाचार छ, घुस खुवाउनुपर्छ,’ उनले भने, ‘यो देशमा मैले रोजगारी पाउँदिन, विदेश जान्छु भन्दा पनि घुस खुवाउनुपर्छ।’

विदेश गएर शिक्षा लिएर नेपाल फर्किँदा नेताहरुले नै खिस्सिट्युरी गर्ने गरेको पनि उनले बताए।

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्