नेप्सेमा ठूलो अंकको गिरावट
२० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले घटेर एक हजार ८२७ रुपैयाँ कायम भएको छ।काठमाडौं, भदौ ११ : मंगलबार नेप्से परिसूचक ठूलो अंकले गिरावट आएको छ। मंगलबार नेप्से १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा आएको छ।
मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको बताइएको छ।
२० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले घटेर एक हजार ८२७ रुपैयाँ कायम भएको छ।
मंगलबार तारागाउँ रेजेन्जी होटेल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ।
कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । वाणिज्य बैंकिङ, डेभलपमेन्ट बैंक, लगानी र फाइनान्स समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले घटेको छ।
होटल तथा पर्यटन समूह ०.४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै बैंकिङ ४.९२, विकास बैंक ४.१८, वित्त ४.६९ र लगानी समूह ४.१३ प्रतिशतले घटेको छ।
त्यस्तै, जलविद्युत् ३.९६, जीवन बीमा ३.६५, उत्पादन तथा प्रशोधन २.९३, लघुवित्त २.९६, म्युचुअल फन्ड १.०९, निर्जीवन बीमा २.४५, व्यापार २.१६ र अन्य समूह ३.८५ प्रतिशतले घटेको छ ।
तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ४२ लाख नौ हजार पाँच सय ८२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार चार सय ५० बराबरको कारोबार भएको छ।