Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक ४ दिनपछि सारियो

केन्द्रीय समिति बैठक भदौ १६ गते दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ। सो बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई अनुरोध गरिएको छ। 
कांग्रेस केन्द्रीय समिति बैठक ४ दिनपछि सारियो

काठमाडौं, भदौ ११ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ४ दिनपछि सारिएको छ। 

बुधबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक भदौ १६ गतेसम्मका लागि स्थागित गरिएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भदौ १६ गते दिउँसोसम्म बैठक स्थगित गरिएको जनाएका छन्। 

केन्द्रीय समिति बैठक भदौ १६ गते दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ। सो बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई अनुरोध गरिएको छ। 

मंगलबार पकांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिवेदन परिमार्जका बिषयमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए। 

केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद उब्जेपछि परिमार्जनको लागि छलफल चलिरहेको छ। 

प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्