‘माओवादी अब सत्ताको हिस्सेदारी माग्न आउने छैन’
‘माओवादी अव सत्ताको खेलमा लाग्ने छैन। तपाईँहरूसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन। माओवादी भनेको आन्दोलन हो,’ उनले भने, ‘यस बिचमा केही कमजोरी भयो। त्यही कमजोरीमा खेलेर विभिन्न खालको चलखेल भएको छ।’-1724750296.jpeg)
काठमाडौं, भदौ ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रले सत्ताको हिस्सेदारी माग्न नआउने बताएका छन्।
मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रचण्डले यस्तो भनाई राखेका हुन्। उनले सत्ताको खेलमा नलाग्ने घोषणा समेत गरे।
‘माओवादी अव सत्ताको खेलमा लाग्ने छैन। तपाईँहरूसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन। माओवादी भनेको आन्दोलन हो,’ उनले भने, ‘यस बिचमा केही कमजोरी भयो। त्यही कमजोरीमा खेलेर विभिन्न खालको चलखेल भएको छ।’
माओवादीले अब संविधान मार्फत हुने चलखेल रोक्न लाग्ने पनि बताए। ‘माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी बनाउने छ,’ उनले भने।
उनले आफूलाई सरकारका लागि फकाउन नआउन पनि आग्रह गरे।
प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












