Kathmandu Press

लेखा समिति प्रतिपक्षलाई नदिन कांग्रेस–एमालेले कुतर्क गरेको अध्यक्ष दाहालको आरोप

‘संसदीय परम्परामा संसारभरि नै लेखासमितिको सभापति प्रतिपक्षले पाउने गरेको छ। यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो । अहिले यो संसदमा पनि प्रतिपक्षले लेखासमितिको सभापति पाउनुपर्ने हो तर नदिन अनेकथरी कुतर्क गरिँदै छ,’ उनले भने।
लेखा समिति प्रतिपक्षलाई नदिन कांग्रेस–एमालेले कुतर्क गरेको अध्यक्ष दाहालको आरोप

काठमाडौं, भदौ ११ : प्रमुख प्रतिपक्ष दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लेखा समिति प्रतिपक्ष दललाई नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले लेखा समिति प्रतिपक्ष दलले पाउनु पर्ने दाबी गर्दै कांग्रेस–एमालेले उक्त समिति आफैं राखेर संसदीय परम्परा विपरीत गएको बताए।

अध्यक्ष दाहालले राजनीतिक सन्तुलन कायम गर्न लेखा समिति प्रतिपक्षले पाउनुपर्ने तर्क गरे।

Hardik ivf

‘संसदीय परम्परामा संसारभरि नै लेखासमितिको सभापति प्रतिपक्षले पाउने गरेको छ। यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो । अहिले यो संसदमा पनि प्रतिपक्षले लेखासमितिको सभापति पाउनुपर्ने हो तर नदिन अनेकथरी कुतर्क गरिँदै छ,’ उनले भने।

उनले वर्तमान सरकारले माफियाको सेवा गरिरहेको बताए। उनले माफियाको सेवा गर्न दुई तिहाई समेत पर्याप्त नभएको बताउँदै समिति नै चाहिएको बताए।

‘प्रतिनिधिसभाको लेखासमिति पाउन ‘राष्ट्रिय सभाको अध्यक्ष छाड, प्रतिनिधिसभाको उपसभामुख छाड’सम्म भनिँदै छ। किन भनिँदै छ यस्तो? किनकि माफियाको यति धेरै सेवा गर्नु छ कि त्यसका लागि सिंगै दुई तिहाइको सरकारसमेत पर्याप्त छैन, समिति पनि चाहिन्छ,’ अध्यक्ष दाहालले भने।

उनले प्रतिपक्षको भूमिका भूमिका खोसेर जनताको आवाज नरोकिने बताए। उनले लेखा समिति मात्रै किन प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि आफूसँगै राख्न आग्रह गरे।

‘‘मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईहरूसँगै राख्नोस्,’उनले भने, ‘हामीले हिजो केबल एउटा जिम्मेवार नागरिकका रुपमा तपाईंहरूको कुशासनको प्रतिरोध गरेका हौं, आज पनि हामी त्यो हिम्मत र हौसला राख्छौं।’

लेखा समिति र सत्ता पक्षको डर आफूले बुझेको बताउँदै उनले प्रतिपक्ष सानो छ तर इमानमा कति सक्षम छ भन्ने पछिल्ला ४० दिनले देखाइसकेका बताए। 

सरकार स्वार्थसमूहहरूका पक्षमा उभिएकाले ४० दिनमै जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रुपमा बढेको अध्यक्ष दाहलाले बताए। त्यो 

प्रधानमन्त्री केपी ओलीलाई बेथिति, विकृतिबारे मतलव नभएको उल्लेख गर्दै विद्युत्को डेडिकेटेड र ट्रंकलाइन बिलको विवादमा उत्रिएको आरोप लगाए।

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्