कांग्रेसका सभापति देउवाले गरे उपसभापति र महामन्त्रीसँग छलफल
सभापति देउवा निवास बूढानीलकण्ठमा छलफल चलिरहेको छ। सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छलफल गरेका हुन्।
काठमाडौं, भदौ ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गरेका छन्।
सभापति देउवा निवास बूढानीलकण्ठमा छलफल चलिरहेको छ। सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छलफल गरेका हुन्।
कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का, महामन्त्रीद्वय थापा र शर्माले पेस गरेको राजनीतिक प्रतिवेदनका विषयमा चार पदाधिकारीसँग छलफल भएको हो । ति प्रतिवेदनहरु परिमार्जनसहित संशोधनका लागि छलफल भएको जनाइएको छ।
प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार