Kathmandu Press

दाहालले रोस्टमबाट भने– सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ

उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर उन्मुख भएको बताउँदै सरकार जनताभन्दा स्वार्थ समूहको सेवामा अग्रसर भएको अरोप लगाए।
दाहालले रोस्टमबाट भने– सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ

काठमाडौं, भदौ ११ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार गलत बाटोतर्फ अग्रसर रहेको बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै  अध्यक्ष दाहालले सरकारलाई खबरदारी गर्दै विपक्षी दलको नेताको रूपमा आफूले पहिले नै रोष्ट्रम प्रयोग गर्न सक्ने भए पनि ‘हनिमुन पिरियड’सम्म नबोल्ने सोचेको बताए। 

Hardik ivf

‘म सरकारलाई हनिमुन पिरियडसम्म शंकाको सुविधा दिने पक्षमा थिएँ,’ उनले भने, ‘सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्नेमा थिएँ,’ उनले भने । 

सरकारसँग इमान नरहेको बताउँदै दाहालले सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ भएको बताए। उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर उन्मुख भएको बताउँदै सरकार जनताभन्दा स्वार्थ समूहको सेवामा अग्रसर भएको अरोप लगाए।

दाहालले सरकारको आलोचना गर्दै जग नै संविधान विपरीत रहेको टिप्पणी गरे। उनले राष्ट्रपति रामचन्द्र पौडेलप्रति पनि प्रश्न उठाउँदै संविधानको धारा ७६ (२) बमोजिम सरकारले विश्वासको मत लिन नसके (३) मा जानुपर्ने भए पनि नगएको बताए।

‘रोष्ट्रमबाट फेरि भन्छु, बलमिचाइँबाट बनेको असंवैधानिक सरकार हो। ७६(२) मा सरकारले विश्वास लिन नसकेपछि (३) मा जानुपर्ने हो। अहिलेका सम्माननीय राष्ट्रपतिले यो विषयमा पहिले गरेको तर्क अहिले सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ,’ उनले भने, ‘मैले कसैलाई नैतिकता सम्झाउन चाहन्नँ। संविधानका धारा अमुक व्यक्ति हेरेर खुल्ने र अमुक व्यक्ति हेरेर बन्द हुन्छन्?’

उनले सरकारको पछि विचौलिया र माफिया रहेको उल्लेख गर्दै सरकार गठन भएको एक सातामै देखिएको बताए।
 

प्रकाशित मिति: १४:३२ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्