Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. राणाले नेपाल–ओमानबीचको सम्बन्धको बारे छलफल भएको र  विदेशमन्त्री अल्बुसैदीले नेपालमा पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गरेको जानकारी दिइन्। 
परराष्ट्रमन्त्री डा. राणा र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेट

काठमाडौं, भदौ ११ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ।  

मंगलबार काठमाडौंको सोल्टी होटेलमा परराष्ट्रमन्त्री कै निमन्त्रणामा दुई दिनका लागि नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले आरजु राणा देउवासँग भेटवार्ता गरेका हुन्। 

Hardik ivf

भेटवार्तापछि सञ्चाकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री डा. राणाले नेपाल–ओमानबीचको सम्बन्धको बारे छलफल भएको र  विदेशमन्त्री अल्बुसैदीले नेपालमा पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गरेको जानकारी दिइन्। 

‘श्रमिकसम्बन्धि,स्वास्थ्य सम्बन्धि, पर्यटन र दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध छलफल भएको छ,’ उनले भनिन्, ‘उहाँले नेपालमा लगानि गर्न इच्छुक भएको कुरा राख्नुभएको छ। खासगरी पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गर्नुभएको छ।’ 

परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ। 

उनी आजै स्वदेश फर्किने कार्यतालिका छ। 

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्