Kathmandu Press

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भदौ १६ देखि 

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सांसदहरुलाई उजुरी अध्ययनका लागि वितरण गरेको छ। 
प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भदौ १६ देखि 

काठमाडौं, भदौ ११ : प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ १६ भदौदेखि हुने भएको छ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सांसदहरुलाई उजुरी अध्ययनका लागि वितरण गरेको छ। 

यस्तै, उजुरीकर्ताहरुलाई उजुरीको कारण र आधारबारे सोधपुछका लागि १४ भदौमा बोलाउने निर्णय समेत भएको छ। 

१६ भदौदेखि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गरी २३ भदौसम्म सक्ने कार्यसूची छ। समिति समक्ष १७ जना प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी परेको जनाइएको छ। 
 
प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्