Kathmandu Press

राजेन्द्र पाण्डे नेकपा एसको वरिष्ठ उपाध्यक्षमा निर्विरोध

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध निर्वार्चित भएका हुन्।
राजेन्द्र पाण्डे नेकपा एसको वरिष्ठ उपाध्यक्षमा निर्विरोध

काठमाडौं, भदौ ११ : राजेन्द्र पाण्डे नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध निर्वार्चित भएका हुन्।

एकीकृत समाजवादीमा पदाधिकारी चयनका लागि अहिले निर्वाचन भइरहेको छ। 

१८ सदस्यीय पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र महाधिवेशनले चयन गरेको थियो। 

उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयनका लागि दिउँसो २ बजेदेखि मतदान हुँदैछ।
 
प्रकाशित मिति: १३:४० बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्