Kathmandu Press

शहिद तथा बेपत्ता परिवारलाई सम्मान र परिपूरणको ढोका खुल्यो : अध्यक्ष दाहाल

‘सहिदका लागि मात्र होइन, बेपत्ता योद्धाको अवस्था पत्ता लगाउने बाटो खुलेको छ। आयोगले छानबिन गर्छ, अब धेरै समय लाग्दैन। बेपत्ताले पनि सहिदको सम्मान र परिपूरण पाउँछन्,’ उनले भने।
शहिद तथा बेपत्ता परिवारलाई सम्मान र परिपूरणको ढोका खुल्यो : अध्यक्ष दाहाल
फाइल तस्बिर।

कास्की, भदौ १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक संसद्का दुवै सदनबाट पारित भएपछि सहिद तथा बेपत्ताका परिवारलाई सम्मान र परिपूरणको ढोका खुलेको बताएका छन्। 

सहिद तथा बेपत्ताका परिवारसँगको भेटमा पोखरामा उनले लामो समयको मेहिनतपछि टिआरसी विधेयक टुंगो लागेको बताए। 

Hardik ivf

अध्यक्ष दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै बेपत्ता योद्धाका बारेमा आयोगले छानबिन गर्ने र अब अवस्था पत्ता लगाउन धेरै समय नलाग्ने विश्वास व्यक्त गरे।

‘सहिदका लागि मात्र होइन, बेपत्ता योद्धाको अवस्था पत्ता लगाउने बाटो खुलेको छ। आयोगले छानबिन गर्छ, अब धेरै समय लाग्दैन। बेपत्ताले पनि सहिदको सम्मान र परिपूरण पाउँछन्,’ उनले भने।

माओवादी केन्द्रको नेतृत्वमा रहेको अघिल्लो सरकारले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गरेको बताए। 

‘अरु सबै सहिद हुने, जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने, यसले तपाईं हामी सबैलाई टेन्सन थियो। त्यो पनि यो पटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्रै गरेको होइन, राजपत्रमै प्रकाशित गरियो । सबै सहिद राष्ट्रिय सहिदको दर्जामा जानुभयो,’ अध्यक्ष दाहाल भने।

बेपत्ता योद्धा परिवार कास्कीका अध्यक्ष अणनाथ बरालले बेपत्ता भएकाको अवस्था लामो समयसम्म पत्ता लाग्न नसक्दा आफूहरू अहिले पनि पीडामा रहेको बताए।

प्रकाशित मिति: २०:५८ बजे, सोमबार, भदौ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्