टान निर्वाचन : महासचिवका दाबेदार बञ्जाराले उम्मेदवारी नदिने, सापकोटा प्यानलाई थप सहज !
बन्जराले कांग्रेस–एमाले प्यानलबाट महासचिवको उम्मेदवार बनेका राजेन्द्र प्रसाद सुवेदीलाई समर्थन गर्दै उम्मेद्वारी नदिने घोषणा गरेका हुन् । राजधानीको ठमेलमा आज एक कार्यक्रम मार्फत बञ्जाराले यस्तो घोषणा गरेका हुन् ।काठमाडौं, भदौ १० : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी भदौं १७ गते हुने निर्वाचनमा महासचिव दाबी गरेका रामप्रसाद बञ्जाराले उम्मेद्वारी नदिने भएका छन् ।
बन्जराले कांग्रेस–एमाले प्यानलबाट महासचिवको उम्मेदवार बनेका राजेन्द्र प्रसाद सुवेदीलाई समर्थन गर्दै उम्मेद्वारी नदिने घोषणा गरेका हुन् । राजधानीको ठमेलमा आज एक कार्यक्रम मार्फत बञ्जाराले यस्तो घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै बञ्जराले आफूले लगभग जित्ने निश्चित भएको चुनाव छाडेर अनुभवी व्यक्ति सुवेदीलाई महासचिव बनाउदा संस्थाको गरिमा बढ्ने भन्दै आफू ब्याक भएको तर, भावी दिनमा टानमा हुने अनियमितताका लागि सदैव खबरदारी गरेर चेतावनी दिए ।
यस्तै उनले टानमा भएको राजनीतिक हस्तक्षेप मुक्त हुनुपर्नेमा समेत जोड दिए । सुवेदीले एमाले–कांग्रेस गठबन्धनको उम्मेदवारलाई बिजयी गराउन दाबी फिर्ता लिएर आफूलाई सहयोग गरेकोमा बञ्जरालाई धन्यवाद व्यक्त गरे ।
एकै समूहबाट २ जनाले महासचिव पदमा दाबी गर्दा पाण्डे समूहका महासचिवका दाबेदार सोनाम ग्याल्जेन शेर्पालाई फाइदा पुग्ने देखिएको थियो तर, बन्जराको यो घोषणासँगै महासचिवका दाबेदार सुवेदी सहित सापकोटा प्यानलाई चुनावमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
टानको अध्यक्षको प्रत्याशीमा सागर पाण्डे र राजेन्द्र प्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।