महान श्रष्टा र शहीदहरू सँधै अमर रहन्छन् : अध्यक्ष दाहाल
‘महान श्रष्टा र महान शहीदहरू कहिल्यै मदैनन्। यस्तो योद्धाहरु बाँचुन्जेल पनि जनता र श्रमिक जनतमा जागरण पैदा गर्दागर्दै मर्छन् । मरेपछि पनि जागरण गरिनै राख्छन्,’ उलने भने, ‘त्यसकारण उनीहरु कहिल्यै मदैनन्।’-(8)-1724680275.jpg)
काठमाडौं, भदौ १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महान श्रष्टा र महान शहीदहरू सँधै अमर रहने बताएका छन्।
सोमबार काठमाडौं इच्छुक साँस्कृतिक प्रतिष्ठानमा आयोजित जेबी टुहुरे फाउन्डेशनको वरिष्ठ जनगायक जेबी टुहुरेको तेस्रो स्मृति दिवस तथा श्रष्टा सम्मान कार्यक्रममा उनले योद्धाहरु बाँचुन्जेल पनि जनता र श्रमिक जनतमा जागरण पैदा गर्दागर्दै मर्ने र मरेपछि पनि जागरण गरिनै राख्ने कारण सँधै अमर रहने बताए।
‘महान श्रष्टा र महान शहीदहरू कहिल्यै मदैनन्। यस्तो योद्धाहरु बाँचुन्जेल पनि जनता र श्रमिक जनतमा जागरण पैदा गर्दागर्दै मर्छन् । मरेपछि पनि जागरण गरिनै राख्छन्,’ उलने भने, ‘त्यसकारण उनीहरु कहिल्यै मदैनन्।’
प्रकाशित मिति: १९:३६ बजे, सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












