Kathmandu Press

ओमानका विदेशमन्त्री अल्बुसैदी नेपालमा

सोमबार उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आएका हुन्। 
ओमानका विदेशमन्त्री अल्बुसैदी नेपालमा

काठमाडौं, भदौ १० : ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्।

सोमबार उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आएका हुन्। 

Hardik ivf

परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ। 

भ्रमणको क्रममा दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा भेटवार्ता तथा छलफल हुनेछ। उनी भोलिस्वदेश फर्किने तालिका छ। 

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, भदौ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्