Kathmandu Press

कार्यक्रममा नाराबाजी भएपछि देउवाले भने– यही नेपालीको चलन?

‘यही हो नेपालको चलन? यही हो सिकेर आएको?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन।’ 
कार्यक्रममा नाराबाजी भएपछि देउवाले भने– यही नेपालीको चलन?

काठमाडौं, भदौ १० : सोमबार सैनिक मन्च टुडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा सहभागीहरुले नेताहरु विरुद्ध नाराबाजी गरेका छन्। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्दै गर्दा दर्शकहरुले नाराबाजी गरेपछि उनी आक्रोशित भएका थिए। आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस्।’

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए । 

‘यही हो नेपालको चलन? यही हो सिकेर आएको?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन।’ 

गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए ।

नाराबाजीकाबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए। देउवाअघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो।

नाराबाजीमा सहभागीहरुले बालेन्द्र शाह(बालेन)लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ। प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह(प्रशंसा)ले वर्षेनी काठमाडौंमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ। 
 

प्रकाशित मिति: १९:२३ बजे, सोमबार, भदौ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्