Kathmandu Press

नेपाली समाजलाई विथोल्न सम्भव छैन : प्रधानमन्त्री 

प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए। 
नेपाली समाजलाई विथोल्न सम्भव छैन : प्रधानमन्त्री 

काठमाडौं, भदौ १० : प्रधानमन्त्री केपी ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन्। 

सोमबार सैनिक मञ्चमा आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए। 

Hardik ivf

प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध प्राकृतिक र सांस्कृतिक विविधता जगेर्ना गर्न सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताए। ‘हामीसँग अनेकौं साँस्कृतिक विविधता र मौलिक संस्कृति छन्। त्यसलाई बिर्सिने होईन, विश्वव्यापी बनाउने हो,’ उनले भने।

सुदूरपश्चिम क्षेत्र नेपालको सभ्यताको उद्गमस्थल रहेकोसमेत उल्लेख गर्र्दै प्रधानमन्त्री ओलीले त्यहाँको संस्कार शैली र परम्परालाई संरक्षण र सम्वर्द्धन गर्न सक्नुपर्ने बताए।
 

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, भदौ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्