Kathmandu Press

नेकपा एसले पदाधिकारीलाई पूर्णता दिने, कार्ययोजना बनाउने

उनले बैठकले पदाधिकारी, स्थायी कमिटिका सदस्यहरु र पोलिटब्यूरो सदस्यहरु चयन गर्दै केही कार्ययोजना पनि बनाउने बताए। 
नेकपा एसले पदाधिकारीलाई पूर्णता दिने, कार्ययोजना बनाउने

काठमाडौं, भदौ १० : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ। 

आइतबारदेखि सुरु भएको बैठक भोलिसम्म चल्ने महासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

Hardik ivf

उनले बैठकले पदाधिकारी, स्थायी कमिटिका सदस्यहरु र पोलिटब्यूरो सदस्यहरु चयन गर्दै केही कार्ययोजना पनि बनाउने बताए। 

‘बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरु चयन गर्ने र केही कार्ययोजना पनि बनाउँछौ। सोही कार्ययोजना अनुसार अगाडि बढ्ने छौं,’ उनले भने, ‘पद व्यवस्थापनका विषयहरुमा निर्णय गर्छौ र प्रत्येक केन्द्रीय सदस्यले आगामी दिनमा के कस्ता जिम्मेवारी पाउने छन् भन्ने कुराको पनि निर्णय गर्नेछाैं।’

पार्टीको सदस्यता बढाउने कुरा पहिलो प्राथमिकतामा पर्ने पनि उनको भनाई छ। 
 
बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिनेछ।  

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, भदौ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्