स्वास्थ्य सेवा प्रभावकारी बनाउन निजी क्षेत्रको सहभागिता जरुरी : मन्त्री पौडेल
मन्त्री पौडेलले सेवा प्रभावकारी बनाउन खोज्ने तर लगानी गर्न डराउने हो भने प्रभावकारितामा प्रभाव पर्ने पनि बताए। स्वास्थ्य क्षेत्रमा लगानी बढाउन नीति रुपमा गर्नेमा काममा निरन्तरता दिने बताए।-1724666897.jpg)
काठमाडौं, भदौ १० : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताएका छन्।
सोमबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले तीन सय बेडका सबै अस्पतालहरुमा नीजि क्षेत्रको सहभागितामा जनशक्ति बढाउने र भएको उपकरणहरुको प्रभावकारी तरिकाले प्रयोग गर्नुपर्ने बताए।
‘हामीले अहिले स्रोत साधन, जनशक्ति बढाउन सक्ने अवस्थामा छैनौं। उपलब्ध साधन स्रोत र जनशक्तिभित्रबाट प्रभावकारिता बढाउन आवश्यक छ,’ उनले भने, ‘तीन सय बेडका सबै अस्पतालहरुमा नीजि क्षेत्र समेतको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रियालाई अगाडि बढाउन सक्नुपर्छ। भएको उपकरणहरुको पनि प्रभावकारी तरिकाले प्रयोग गर्नुपर्छ।’
मन्त्री पौडेलले सेवा प्रभावकारी बनाउन खोज्ने तर लगानी गर्न डराउने हो भने प्रभावकारितामा प्रभाव पर्ने पनि बताए। स्वास्थ्य क्षेत्रमा लगानी बढाउन नीति रुपमा गर्नेमा काममा निरन्तरता दिने बताए।
‘यो क्षेत्रमा लगानी अभिवृद्धि गर्न आवश्यक छ। त्यसको लागि पहलकदमीहरु गरिरहेका छौं,’ उनले भने, ‘प्रभावकारी बनाउन खोज्ने तर लगानी गर्न डराउने हो भने प्रभावकारितामा प्रभाव पर्छ। लगानी अभिवृद्धि गर्नका लागि नीतिगत तरिकाले अगाडि बढाउने काम निरन्तर रुपमा गर्ने छांै।’
नागरिकलाई कसरी प्रभावकारी सेवा सुविधा उपलब्ध गराउन सकिन्छ भनेर अवधारणा बनाउने पहिलो काम भएको भन्दै त्यसपछि मात्र आफ्नो कामको सहजीकरण गर्ने बारेमा सोच्नुपर्ने मन्त्री पौडेलले बताए।
सातै प्रदेशमा प्रत्यारोपण सेवासहितको उपचार हुने परिस्थिती विस्तारै निर्माण गर्ने पनि उनको भनाई छ ।












