Kathmandu Press

मुकुल ढकालालाई साधारण सदस्यबाटै हटाउन रास्वपा अनुशासन आयोगको सिफारिस

आयोगको सिफारिस अनुसार रास्वपा बैठकले ढकाललाई पार्टीबाटै निश्कासन गर्ने तयारीमा छ। 
मुकुल ढकालालाई साधारण सदस्यबाटै हटाउन रास्वपा अनुशासन आयोगको सिफारिस

काठमाडौं, भदौ १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्यबाटै निश्कासन गर्न सिफारिस गरेको छ। 

आयोगको सिफारिस अनुसार रास्वपा बैठकले ढकाललाई पार्टीबाटै निश्कासन गर्ने तयारीमा छ। 

निलम्बित महामन्त्री ढकाललाई यसअघि पटक–पटक स्पष्टीकरण सोधिएको थियो। 

आयोगले तथ्य प्रमाण जुटाएर ढकालमाथि कारबाही गर्न केन्द्रीय समितिमा प्रतिवेदन बुझाइसकेको छ। सोही समितिको प्रतिवेदन निश्कर्षका आधारमा ढकाललाई कारबाहीको तयारी भएको हो । 

प्रकाशित मिति: १५:०५ बजे, सोमबार, भदौ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्