Kathmandu Press

प्रहरीले जनताको मुद्दा बोक्नुपर्छ : गृहमन्त्री

‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताको मुद्दा बोक्नुपर्याे। जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने। 
प्रहरीले जनताको मुद्दा बोक्नुपर्छ : गृहमन्त्री

काठमाडौं, भदौ १० : गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए।

‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताको मुद्दा बोक्नुपर्याे। जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने। 

Hardik ivf

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए।

नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए। 

‘यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकुन्। सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,’ गृहमन्त्री लेखकले भने। 

यस्तै उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उदेश्य प्रस्ट पारे। आर्थिक, राजनीतिक र विकास निर्माणका लागि दुई ठूला दल मिलेको उनले बताए। कांग्रेस र एमाले  मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकको दाबी छ ।

‘दुई ठूला दल मिलेर सरकार बनेको छ। अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौं भनेर बनेको होइन। २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,’ उनले भने, ‘यो सरकारको उदेश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो।’ 

उनले विकास  निमार्णका कामहरुलाई  द्रुत गतिका अघि बढाउनका लागि  यो  सरकार  गठन भएको  बताए। उनले  भ्रष्टाचार  नियन्त्रण र  मुलुकमा शुसासन कायम गर्न यो सरकार बनेको बताए।

‘विधिको शासन स्थापित गर्न र  समग्रमा संविधान र यो व्यवस्थाले अबलम्बन गरेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशि चरित्रताको राज्य निर्माण गर्ने हाम्रो लक्ष्यलाई सदृढितापूर्वक कार्यान्वयन गर्ने उद्देश्यका साथ सरकार बनेको हो,’ उनले भने।

प्रकाशित मिति: ११:३४ बजे, सोमबार, भदौ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्