Kathmandu Press

३० वर्षे अवधि हटाउन सशस्त्रका डीआईजीसहित १२ जनाले दिए सर्वोच्चमा रिट  

रिट दायर गर्नेमा सशस्त्रका डीआईजी अभिकुमार खत्री र दुर्गा प्रसाद भट्टराई पनि छन्। रिटमा सुनुवाईका लागि मंगलबारको पेसी तोकिएको छ। 
३० वर्षे अवधि हटाउन सशस्त्रका डीआईजीसहित १२ जनाले दिए सर्वोच्चमा रिट  

काठमाडौं, भदौ ९ : शसस्त्रमा ३० वर्षे अवधि हटाउन माग गर्दै प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १२ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

रिट दायर गर्नेमा सशस्त्रका डीआईजी अभिकुमार खत्री र दुर्गा प्रसाद भट्टराई पनि छन्। रिटमा सुनुवाईका लागि मंगलबारको पेसी तोकिएको छ। 

Hardik ivf

खत्री, भट्टराईसहित एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरीले रिट दायर गरेका हुन् । अवकासको मुखमा उनीहरुले रिट दायर गरेका हुन्। 

सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधि हटाएर आफूहरूलाई सेवामा जागिरमा निरन्तरता दिन रिटमा माग गरिएको छ। रिट निवेदकसहित शसस्त्रका १६ जना प्रहरी अधिकृत आगामी भदौ १६ गते अवकास हुँदै छन्। 

सर्वोच्च अदालतले नेपाल प्रहरीमा तत्काल ३० वर्षे लागु नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले नेपाल प्रहरीका अधिकृत दिएको रिटमा जस्तै ३० वर्षे सेवा हद हटाउने गरी अन्तरिम आदेश दिएमा जागिरमा निरन्तरता हुनेछ। 
 

प्रकाशित मिति: १९:१० बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्