Kathmandu Press

उपनिर्वाचनमा केन्द्रित हुन माधव नेपालको निर्देशन 

अध्यक्ष नेपालले अरु पार्टीले लगाई रहेको आरोपको प्रतिकार गर्न नहुने बताउँदै प्रतिकार गर्नु भनेको आफूमा भएको आत्मविश्वासमा कमी ल्याउनु भएको बताए। 
उपनिर्वाचनमा केन्द्रित हुन माधव नेपालको निर्देशन 

काठमाडौं, भदौ ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  आगामी मंसिरमा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताएका छन्।

आइतबार नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन्।

Hardik ivf

‘सम्भवतः आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ। त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ। त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मुल्यांकन हुनेछ,’ उनले भने, ‘जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ।’

अध्यक्ष नेपालले अरु पार्टीले लगाई रहेको आरोपको प्रतिकार गर्न नहुने बताउँदै प्रतिकार गर्नु भनेको आफूमा भएको आत्मविश्वासमा कमी ल्याउनु भएको बताए। 

‘गर्वका साथ हामीले भन्नुपर्छ, हामिले आफ्ना कुराहरुमा गौरवबोध भएर बस्नुपर्छ ताकी हिन्ताबोध भएर केही गर्न सक्दैनौं,’ उनले भने, ‘प्राय हाम्रो पार्टीपंक्तिहरुमा गुनासाहरु बढी सुन्ने गर्छु, अरुले हामीलाई लगाइरहेको बात, आरोप त्यसैबाट  हामी चिन्तित हुनेगर्छौं, हामी त्यसको प्रतिकार गर्दै गर्दैनौं, मुखभरिको जवाफ दिने गर्दैनौं, त्यो आत्मविश्वासको कमी पनि हो।’ 

प्रतिकार गर्नु डिफेन्सिफ मानसिकता भएको बताउँदै उनले डिफेन्सिफ मानसिकता  बोकेको मान्छेले राजनीतिमा पहलकदमी लिन नसक्ने बताए। 

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्