Kathmandu Press

नेपालको संसदीय अभ्यासमाथि सभामुखको प्रश्न

उनले नेपाललले गुरु(ब्रिटेनको प्रणाली) मान्ने संसदीय अभ्यास गरेका मूलुकहरुको नै कतिपय अभ्यासहरु व्यवहारिक नभएको भन्दै यसको परिवर्तन गर्ने बारेमा बहस र छलफल गर्न आवश्यक रहेको बताए। 
नेपालको संसदीय अभ्यासमाथि सभामुखको प्रश्न

काठमाडौं, भदौ ९ : सभामुख देवराज घिमिरेले नेपालले कतिपय देशका संसदीय अभ्यासलाई गुरु मान्ने गरेको भएपनि ति अभ्यास नै व्यवहारिक नभएको बताएका छन्।

आइतबार सिहंदरबारमा आयोजित प्रतिनिधिसभाको प्रभावकारिताको समिक्षाबारे  छलफल कार्यक्रममा उनले नेपाललले गुरु(ब्रिटेनको प्रणाली) मान्ने संसदीय अभ्यास गरेका मूलुकहरुको नै कतिपय अभ्यासहरु व्यवहारिक नभएको भन्दै यसको परिवर्तन गर्ने बारेमा बहस र छलफल गर्न आवश्यक रहेको बताए। 

Hardik ivf

‘समाज विकासको क्रममा संसदीय अभ्यास गरेका मुलुकहरुलाई गुरु मान्ने ढंगबाट सोचेको र उनीहरुले पनि आफूलाई गौरव मान्ने ढंगबाट गरेका कतिपय अभ्यासहरु हाम्रो सन्दर्भमा व्यवहारिक भइरहेको छैन,’ उनले भने, ‘तर हामीले तिनीहरुलाई आँटका साथ व्यवहारिहक छैन् भनेर परिवर्तन गर्ने बारेमा बहस गरिराखेका छैनौ। हाम्रै राम्रो पक्षलाई अंगाल्नुपर्छ।’

उनले संसदीय गतिविधिको प्रभावकारीताहरुको बारेमा जानकार गराउन ७९ साल मंसिर ४ गतेको चुनाव पछाडि यसले गरेको कामहरुको समिक्षा गर्न जरुरी रहेको बताए। 

राज्य सञ्चालनका तीन अंगहरु कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकाबीचमा नै राम्रो समन्वय नभएको गुनासो उनले गरे। उनले बजेट प्रणालीमा सुधार गर्नुपर्ने औंल्याए। 
 

प्रकाशित मिति: १८:३० बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्