Kathmandu Press

लोसपा शान्तिपूर्ण आन्दोलन गरेर स्थापित भएको हो : अध्यक्ष ठाकुर

आइतबार मधेस आन्दोलनका शहीदहरुलाई माल्यापर्ण गर्दै उनले आफ्नो पार्टीले  जहिले पनि शान्तिपूर्ण आन्दोलन गरेर देशमा स्थापित भएको बताएका हुन्।  
लोसपा शान्तिपूर्ण आन्दोलन गरेर स्थापित भएको हो : अध्यक्ष ठाकुर

काठमाडौं, भदौ ९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले केही दलहरुले हतियारको प्रयोग गरेर देशमा परिवर्तन ल्याएको आरोप लगाएका छन्।  

आइतबार मधेस आन्दोलनका शहीदहरुलाई माल्यापर्ण गर्दै उनले आफ्नो पार्टीले  जहिले पनि शान्तिपूर्ण आन्दोलन गरेर देशमा स्थापित भएको बताएका हुन्।  

Hardik ivf

‘मधेसमा हामीले ६ महिनासम्म निरन्तर आन्दोलन गरेका थियौं। आन्दोलनबाट धेरै नोक्सानीको सामना गर्नुपरेको थियो । हाम्रा पार्टीका धेरै नेता कार्यकर्ताहरु शहीद भइसकेका छन्,’ उनले भने, ‘अहिले पनि धेरै नेता कार्यकर्ताहरु जेलमा छन्, कोही महोत्तरीको जेलमा छन् भने टिकापुर घटनापछि कोही थारु नेताहरु धनगढीको जेलमा छन्। आन्दोलन अपराधीक आन्दोलन थिएन्, लुटपिट, कुटपिट आन्दोलन पार्टीले गरेको थिएन्।’

अध्यक्ष ठाकुरले आफूहरुले सधैं शान्तिपूर्ण ढंगले आन्दोलन गरेको बताउँदै अरु पार्टीहरुले हतियार उठाएर देशमा परिवर्तन ल्याएको बताए। त्यो बेला धेरै धनजनको नोक्सान भएको बताए। 

उनले गोली चलाउन आवश्यक नभएको ठाउँमा समेत त्यो समय गोली चलेको बताए। उनले यतिका समयसम्म पनि कुनै प्रधानमन्त्रीले मधेस आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरेको दुखेसो पोखे।

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्