‘कांग्रेस र एमाले घमण्डी र दलालवादी पार्टी हुन्’
‘अहिले दुई पार्टीको सरकार बनेको छ। यस्तो विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ। दुइवटै घमण्डी र भ्रष्ट पार्टी हुन्। अवसरवादी पार्टीहरु हुन्,’ उलने भने, ‘एउटा त प्रतिक्रयावादी दलाल पूँजीवादकै प्रतिनिधि भइहाल्यो, अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो।’
काठमाडौं, भदौ ९ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका दुई ठुला पार्टी भ्रष्ट भएको आरोप लगाएका छन्।
आइतबार एकीकृत समाजवादी केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमाले सबैभन्दा घमण्डी र दलालवादी पार्टी भएको आरोप लगाए।
‘अहिले दुई पार्टीको सरकार बनेको छ। यस्तो विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ। दुइवटै घमण्डी र भ्रष्ट पार्टी हुन्। अवसरवादी पार्टीहरु हुन्,’ उलने भने, ‘एउटा त प्रतिक्रयावादी दलाल पूँजीवादकै प्रतिनिधि भइहाल्यो, अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो।’
नेता खनालले दलाल पँुजीवाद र दक्षिणपन्थी अवसरवादीको घेराबन्दीमा वर्तमान गठबन्धन सरकार बनेर के निश्चित गर्छ भने दुई पार्टी सिस्टममा बस्न नसक्ने बताए।
उनले एउटै पार्टीले बहुमत लिएर आए पनि मल्टिपाटी सिस्टममा नटिक्ने जिकिर गरे।
‘कमसेकम नेपालमा असम्भव छ, मल्टिपाटी सिस्टम। केही हुनेवाला पनि छैन,’ उनले भने, ‘देशमा मल्टिपाटी सिस्टम स्थापना भएपनि पूँजीवादी मल्टिपाटी सिस्टम हो। पूँजीवादमा मल्टिपाटी सिस्टम अन्त्यसम्म रहन्छ।’