नेपाली तीर्थयात्री सवार बस भारतको बिहारमा दुर्घटना, ८ जनाको अवस्था गम्भीर
भारतीय सञ्चारमाध्यमका अनुसार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर राजमार्गमा पल्टिएको थियो।
काठमाडौं, भदौ ९ : नेपाली तीर्थयात्री सवार बस भारतको बिहारमा दुर्घटनामा परेको छ।
बिहार राज्यको समस्तीपुर जिल्लामा आइतबार बिहान ३ बजे उक्त दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा ३५ जनाभन्दा बढी नेपाली तीर्थयात्री घाइते भएका छन्। बसमा ४३ जना सवार थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर राजमार्गमा पल्टिएको थियो।
घाइते यात्रीहरूमध्ये ८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। अहिले घाइते व्यक्तिको उपचारका लागि बिहारस्थित मुश्रीघरारीको निजी तथा सदर अस्पतालमा भर्ना गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै मुश्रीघरारी प्रहरी चौकीबाट खटिएका प्रहरी सुरक्षाकर्मीले घटनास्थल पुगेर बसमा फसेका यात्रीहरूलाई बाहिर निकालेर अस्पताल लगिएको थियो।
प्रकाशित मिति: १४:४५ बजे, आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












