Kathmandu Press

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गरौं : प्रधानमन्त्री

नेपालीको चेतना, गौरव र इतिहाससँग विश्वविद्यालय जोडिएकाले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको उनले बताए। 
बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गरौं : प्रधानमन्त्री

काठमाडौं, भदौ ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औं सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्।

Hardik ivf

नेपालीको चेतना, गौरव र इतिहाससँग विश्वविद्यालय जोडिएकाले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको उनले बताए। 

‘बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन। यसका लागि ज्ञान र मन चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौं। जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ। दृढ़ अठोट र निरन्तर प्रयासबाट विकास हासिल गर्न सक्छौं र सफलतामा पुग्न सक्छौं।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मंसिरमा हुने तेस्रो दीक्षान्तका लागि २८५ विद्यार्थीको ग्रेस लिष्टका साथै यस आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ।
 

प्रकाशित मिति: १४:४३ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्