Kathmandu Press

‘बैंकिङ कसूरमा कारबाही प्रभावकारी बनाउन आवश्यक छ’

‘बैंकिङ तथा वित्तिय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादार जस्ता कसूरजन्य कार्यको अनुसन्धान अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउने र त्यस्तो कसूरमा हुने सजाय अझ पारदर्शी र सहजीकरण बनाउने यसको मुख्य उद्देश्य हो,’ उनले भने।
‘बैंकिङ कसूरमा कारबाही प्रभावकारी बनाउन आवश्यक छ’
फाइल तस्बिर।

काठमाडौं, भदौ ९ : अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ तथा वित्तिय प्रणालीको कारोबारमा हुने चेक अनादार जस्ता कसूरजन्य कार्यको कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्। 

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा उनले बैंकिङ तथा वित्तिय प्रणालीको कारोबारमा हुने कसूरजन्य कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी बैंकिङ कसूर तथा सजाय विधेयक संशोधन गर्न आवश्यक रहेको बताए।

Hardik ivf

‘बैंकिङ तथा वित्तिय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादार जस्ता कसूरजन्य कार्यको अनुसन्धान अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउने र त्यस्तो कसूरमा हुने सजाय अझ पारदर्शी र सहजीकरण बनाउने यसको मुख्य उद्देश्य हो,’ उनले भने।

अर्थमन्त्री पौडेलले विधेयक सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैंकिङ कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था विधेयकमा थप गर्न लागेको बताए।

‘सहकारी बैंकबाट हुने कारोबारलाई पनि बैंकिङ कारोबार बार मानेर सहकारी बैंकलाई पनि विधेयकमा समावेश गरी सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैंकिङ कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था यसमा थप गरिएको छ,’ अर्थमन्त्री पौडेलले भने।

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्