Kathmandu Press

वर्तमान सरकारले उत्कृष्ट काम गरेर देखाउँछ : मन्त्री सिंह

‘वर्तमान सरकार कांग्रेस एमालेलगायत अरु दलहरु मिलेर बनेकाले सुशासनदेखि हरेक कुरामा राम्रो गरिरहेको छ,’ उनले भने, ‘अझै अगाडिको सरकारको अवस्था भन्दा राम्रो सुधार गर्नको लागि काम अगाडि बढाउँदैछौ ।’
वर्तमान सरकारले उत्कृष्ट काम गरेर देखाउँछ : मन्त्री सिंह

काठमाडौं, भदौ ९ : उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले अगाडिको सरकार भन्दा उत्कृष्ट काम गरेर देखाउने बताएका छन्। 

आइतबार वर्तमान अवस्थामा आपुर्ती व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिंहले त्यसका लागि योजना अनुसारका काम अगाडि बढाइरहेको बताए।

Hardik ivf

‘वर्तमान सरकार कांग्रेस एमालेलगायत अरु दलहरु मिलेर बनेकाले सुशासनदेखि हरेक कुरामा राम्रो गरिरहेको छ,’ उनले भने, ‘अझै अगाडिको सरकारको अवस्था भन्दा राम्रो सुधार गर्नको लागि काम अगाडि बढाउँदैछौ ।’

उपभोक्ताको जीवन सहज गर्न बजारमा देखिएका आपूर्ति सिस्टममा देखिएका कमीकमजोरीलाई हटाउनुपर्ने धारणा उनको थियो। 

मन्त्री सिंहले  बजारमा देखिएका  समस्यालाई  सरकारले  समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए। 

प्रकाशित मिति: १३:४० बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्