रामेछाप पहिरो : ६ जनाको शव भेटियो, ४ जना अझै वेपत्ता
पहिरोमा परी ३० वर्षीया चण्डिका थापामगर, उनका १८ महिने छोरा आमस, ४० वर्षीया उर्मिला पहरी, १७ वर्षीय सन्दीप पहरी, १८ वर्षीय विज्ञान पहरी र १४ वर्षीय सन्तोष पहरीको मृत्यु भएको छ।
रामेछाप, भदौ ९ : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेकखर्क गएको पहिरोमा ६ जनाको मृत्यु भएको छ।
शनिबार राति भीषण वर्षासँगै आएको पहिरोले लेकखर्कका ५ वटा घर बगाएको थियो।
पहिरोमा परी ३० वर्षीया चण्डिका थापामगर, उनका १८ महिने छोरा आमस, ४० वर्षीया उर्मिला पहरी, १७ वर्षीय सन्दीप पहरी, १८ वर्षीय विज्ञान पहरी र १४ वर्षीय सन्तोष पहरीको मृत्यु भएको छ।
चण्डिकाको घरबाट १० वर्षीया अन्जना पहरीलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
सो पहिरोमा परी अझै ४ जना वेपत्ता भएको प्रहरीले जनाएको छ। वेपत्ता हुनेमा ७५ वर्षीय फडके पहरी, ५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया विन्दा पहरी छन्।
पहिरोका कारण लेकखर्कका ३० बस्ती जोखिममा रहेको बताइएको छ।
प्रकाशित मिति: १२:४८ बजे, आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार