Kathmandu Press

एक महिनाभित्र उपभोक्ता अदालत गठन गरिन्छ : उद्योगमन्त्री

उनले उत्पादनमुलक वस्तुहरु मुलुकमा उत्पादन गर्न नसकेको र खुला सिमाका कारण उपभोक्ता श्रृखलाको चुनौती बढेको जिकिर गरे।
एक महिनाभित्र उपभोक्ता अदालत गठन गरिन्छ : उद्योगमन्त्री

काठमाडौं, भदौ ९ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन्।

आइतबार वर्तमान अवस्थामा आपुर्ती व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृतिम अभावलगायतका मूल्य समायोजनाका वस्तुहरूमा प्रभाव परेकाले उपभोक्ता अदालत गठन गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

‘अहिलेको उत्पादन कति छ? स्टक कति? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ। मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ,’ उनले भने, ‘ड्यूटी घटाउन परेपनि  घटाउँछौं, आपूर्ति श्रृंखलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार छ। अनुगमन गर्नका लागि एक महिनाभित्र उपभोक्ता अदालत  गठन हुनेछ ।’

उनले उपभोक्ता श्रृखलाको चुनौति राज्यको नियन्त्रणमा नरहेको उल्लेख गरे।  उनले उत्पादनमुलक वस्तुहरु मुलुकमा उत्पादन गर्न नसकेको र खुला सिमाका कारण उपभोक्ता श्रृखलाको चुनौती बढेको जिकिर गरे।

प्रकाशित मिति: १२:२९ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्