Kathmandu Press

गीतकार तिमल्सिनाको पृथक सिर्जना, “तिम्रै परिधिमा म बाँचेको छु...” सार्वजनिक (भिडियो) 

अघिल्लो वर्ष “नरोउ राधा सम्झेर मलाई ...” बोलको भजनमा प्रकास सापकोटासँग सहकार्य गरेका देवदूतले आफू कृष्ण प्रणामी परिवारमा जन्मिएको र प्रणामी समाजमै हुर्केकाले राधाकृष्ण आफ्नो अधययन तथा अभ्यास दुवै भएको हुँदा राधाकृष्णको विषय उठान गरेर निरन्तर सिर्जनाहरु ल्याउँदै जाने बताएका छन् । 
गीतकार तिमल्सिनाको पृथक सिर्जना, “तिम्रै परिधिमा म बाँचेको छु...” सार्वजनिक (भिडियो) 

काठमाडौं, भदौ ९ : श्रीकृष्ण जन्माष्टमी लक्षित गर्दै साहित्यकार तथा गीतकार विदुर तिमल्सिना “देवदूत” को शब्द रचनामा “तिम्रै परिधिमा म बाँचेको छु...” बोलको राधाको भजन सार्वजनिक भएको छ । 

लाबोनी प्रमोद युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भजन गायीका लाबोनी चक्रवर्ती प्रसाईले गाएकी छिन् भने लाबोनी प्रमोदले संयुक्त रुपमा संगीतवद्ध गरेका छन् । पौराणिक कथा अनुसार राधाकृष्णको प्रेम प्रंसग एक अमर, अद्भुत र उदाहरणिय प्रेम कहानी हो । भगवान श्रीकृष्णले राधारानीको प्रेमलाई आफ्नो शक्तिको स्रोत मानेता पनि राधाकृष्णको विवाह भने सम्भव भएन ।

Hardik ivf

जब श्रीकृष्ण बृन्दावन छोडेर मथुरा जानु भो त्यसपछि ब्रजराजकुमारी राधा श्रीकृष्णसँग बितेको बाल्यकालको याद र उनको पतित पावन प्रेमको आभासमा जिउन शुरु गर्नु भो । राधारानीको त्यही एक्लोपन र भौतिक एक्लोपनमा पनि कृष्णको आत्मिक साथ अजर अमर रहेको विषयवस्तु भजनले समेटेको छ । 

क्लासिकल गायनको स्नातकोत्तरमा गोल्ड मेडल प्राप्त गर्न सफल गायीका चक्रवर्ती हाल ललीत कला क्याम्पसमा अध्यापनरत रहेकी छिन् । क्लासिकल संगीत गायनमा कोलकत्ताबाट स्नातकोत्तर गर्नु भएका प्रमोद प्रसाईसँगको सहकार्यमा बागेश्वरी कला मन्दिर स्थापना गरी सो मार्फत गायन तथा संगीतको कक्षा सञ्चालन गरिरहेकी चक्रवर्ती सयुक्त रुपमै लाबोनी प्रमोद नामबाट संगीत सिर्जना गरिरहेकी छिन् । 

भजनमा कतै पनि राधाकृष्णको नामोच्चारण नभएको प्रसंगमा गीतकार देवदूतले आफुले पृथक काम गर्न चाहेको बताएका छन्। भक्ति संगीतमा प्राय देवी देउताको नाम वा मन्त्र उच्चारण गरिने भएता पनि नैतिक शिक्षा बाँड्नु, प्रेम प्रंसग बयान गर्नु, देवी देउताको अवतार र महिमाको व्याख्या गर्नु जस्ता विषय पनि भजन संगीतले समेट्ने उनको तर्क छ ।

विना कुनै भुमिका सुन्दा प्रेम र समर्पणको भाव प्रतित हुने भएकाले यसलाई प्रेम गीतकै रुपमा पनि लिन सकिने गीतकारको भनाइ छ । “जसरी हामी श्रीकृष्णका भक्त हौं र कृष्ण भजन गाउँछौ त्यसरी नै राधारानी श्रीकृष्णको प्रेमिका हुनुहुन्छ र उहाँले गाएपछि प्रेमगीत नै भन्दा पनि फरक पर्दैन” गीतकार देवदूतले भने । 

अघिल्लो वर्ष “नरोउ राधा सम्झेर मलाई ...” बोलको भजनमा प्रकास सापकोटासँग सहकार्य गरेका देवदूतले आफू कृष्ण प्रणामी परिवारमा जन्मिएको र प्रणामी समाजमै हुर्केकाले राधाकृष्ण आफ्नो अधययन तथा अभ्यास दुवै भएको हुँदा राधाकृष्णको विषय उठान गरेर निरन्तर सिर्जनाहरु ल्याउँदै जाने बताएका छन् । 

प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्