साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुग्न आज नेपाल र भुटान भिड्ने
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
काठमाडौं, भदौ ९ : काठमाडौंमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हो भने भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो ।
दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
प्रकाशित मिति: ०८:२२ बजे, आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












