Kathmandu Press

रामेछापमा पहिरो, दुईजनाको मृत्यु

पहिरोले ३ घर बगाएको  जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो ।
रामेछापमा पहिरो, दुईजनाको मृत्यु
Hardik ivf

रामेछाप, भदौ ९ : रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । 

पहिरोले ३ घर बगाएको  जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गएराति परेको भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा कम्तीमा ३ घर बगाएको र २ जनाको शव घटनास्थलमा निकालिएको छ । 

प्रकाशित मिति: ०७:५२ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्