Kathmandu Press

‘समयको माग अनुसार काम गर्न सकेनौं भने जनतामा निराशा छाउने’

‘अहिले समयको माग के छ त्यो हिसाबको काम गरेर देखाउन सकेनाैं भने काम गर्न गाह्रो हुन्छ। पहिला अधिकार नहुदाँ राजनीतिज्ञहरुको महत्व थियो, अब अधिकार प्राप्त भएपछि विकास निर्माणको काम गर्न सकेन भने राम्रो हुँदैन,’ उलने भने, ‘त्यसमा इन्जिनियर्सहरुको धेरै नै ठूलो महत्वपूर्ण भूमिका रहेको छ र सधैँ रहने छ।’ 
‘समयको माग अनुसार काम गर्न सकेनौं भने जनतामा निराशा छाउने’

काठमाडौं, भदौ ८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काममा इन्जिनियर्सहरुको धेरै नै ठूलो महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्।

शनिबार काठमाडौंमा भएको बृहत इन्जिनियर्स भेलामा उनले समयको माग अनुसार काम गर्न सकेनौं भने जनतामा निराशा छाउने भन्दै यसमा इन्जिनियर्सहरुको ठूलो भूमिका रहने बताएका हुन्। 

Hardik ivf

‘अहिले समयको माग के छ त्यो हिसाबको काम गरेर देखाउन सकेनाैं भने काम गर्न गाह्रो हुन्छ। पहिला अधिकार नहुदाँ राजनीतिज्ञहरुको महत्व थियो, अब अधिकार प्राप्त भएपछि विकास निर्माणको काम गर्न सकेन भने राम्रो हुँदैन,’ उलने भने, ‘त्यसमा इन्जिनियर्सहरुको धेरै नै ठूलो महत्वपूर्ण भूमिका रहेको छ र सधैँ रहने छ।’ 

मन्त्री सिंहले मुलुकको विकास निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इञ्जिनियरहरूलाई आग्रह गरे। उनले मुलुकमा विकास निर्माणको कामले प्राथमिकता पाएकाले त्यसको प्रभावकारिताका लागि इञ्जिनियरको भूमिका महत्वपूर्ण हुने बताए। 

सिंहले राजनीतिक स्थिरतासँगै अब मुलुकको विकास, निर्माणको काममा तीव्रता दिन इञ्जिनियरलाई सहयोगका लागि आग्रह गरे। 

प्रकाशित मिति: २१:२२ बजे, शनिबार, भदौ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्