इन्जिनियरहरू बिना मुलुकको विकास निर्माण सम्भव छैन : मन्त्री खड्का
मन्त्री खड्काले आर्थिक, विकास निर्माणको हिसाबले मुलुकलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा भएको बताउँदै त्यसका लागि सबैभन्दा ठूलो सारथीका रुपमा इन्जिनियरहरु नै भएको बताए।-1724507487.jpg)
काठमाडौं, भदौ ८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक निर्माणमा इन्जिनियरहरुको धेरै ठूलो महत्व रहेको बताएका छन्।
शनिबार काठमाडौंमा भएको बृहत इन्जिनियर्स भेलामा उनले आर्थिक र विकास निर्माणको हिसाबले मुलुकलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा आएको भन्दै त्यसका लागि सबैभन्दा ठूलो सारथिका रुपमा इन्जिनियरहरु नै रहेको बताएका हुन्।
‘तपार्इंहरू मुलुक निर्माणको धेरै नै महत्वपूर्ण व्यक्तित्वहरु हो। तपाईंहरु बिना मुलुकको विकास निर्माण सम्भव छैन। तपाईहरुमा सबै खालको कला दक्षता छ । तपाईहरुको सहभागिता विना सरकारले एक्लै काम गर्न सक्दैन,’ उनले भने, ‘हामीले राजनीतिक हिसाबले मुलुकमा एक खालको स्थायित्व निर्माण गरिसकेका छौं।’
मन्त्री खड्काले आर्थिक, विकास निर्माणको हिसाबले मुलुकलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा भएको बताउँदै त्यसका लागि सबैभन्दा ठूलो सारथीका रुपमा इन्जिनियरहरु नै भएको बताए।
उनले आर्थिक मात्र होइन प्राविधिक कारणले पनि ठूला आयोजनाहरू अधुरा रहेको भन्दै यसका लागि सबै मिलेर काम गर्नुपर्ने बताए। उनले ठूला आयोजनाहरू आर्थिक कारणले मात्र नभई प्राविधिक कारणले पनि ढिला भएको बताए।
‘हाम्रो ठूला ठूला आयोजनाहरु अधुरा रहेका छन्, यो आर्थिक पाटोको मात्र कुरा होइन प्राविधिक कारणले पनि ढिला भएको छ। यसका लागि पनि सबै मिलेर काम गर्नुपर्छ,’ उनले भने, ‘हामीले राजनीतिक परिवर्तन हुदैँ गर्दा केही राजनीतिक पार्टीहरु बीच साझा मुद्धा, एकता र सहकार्य गरेर अगाडि बढ्नुपर्छ।’
यसको साथै, इन्जिनियरिङ् क्षेत्रमा असधिकार र जनशक्तिको कमि भएको कुरालाई सरकारले गम्भीर भएर हेरेको पनि उनको भनाई छ।












