Kathmandu Press

जनताहरु गरिबीको रेखामुनी नपर्नेगरी सकारले काम गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले आफूले गर्न लागेको हरेक काममा युवाको साथ आवश्यक हुने बताए। उनले अहिलेसम्म दुनियाँमा जति काम भएका छन् त्यो सबै युवा वर्गले गरेको बताए।
जनताहरु गरिबीको रेखामुनी नपर्नेगरी सकारले काम गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ ८: प्रधानमन्त्री केपी ओलीले भविष्यमा कुनै नेपालीले दुःख नपाउन भनेर आफूले काम गरिरहेको बताएका छन्।  

शनिबार युथ कनक्लेभ २०२४ मा बोल्दै उनले कोहीपनि नेपाली निरपेक्ष गरिबीको  रेखामुनी नपर्नेगरी आफूले काम गरिरहेको बताएका हुन्।  

Hardik ivf

‘अब भविष्यमा हाम्रा कोही पनि नेपाली दाजुभाई दिदीबहिनीहरुले निरपेक्ष गरिबीको रेखामुनी पर्न नपरोस्, खान लाउन नपाउने स्थिथि आउन नपरोस्, आफ्ना प्यारा सन्तानहरुलाई पढाउन लेखाउन नसक्ने स्थिति नआओस्,’ उनले भने, ‘बिरामी हुँदा स्वास्थ्य उपचार गराउन नसक्ने अवस्था नहोस् भनेर त्यसका लागि म काम गरिरहेको छु।’

प्रधानमन्त्री ओलीले आफूले गर्न लागेको हरेक काममा युवाको साथ आवश्यक हुने बताए। उनले अहिलेसम्म दुनियाँमा जति काम भएका छन् त्यो सबै युवा वर्गले गरेको बताए।

उनले  विषय  विधा छुट्याएर  अवसरलाई  सदुपयोग गर्न  हरेक युवाहरुलाई  आग्रह गरे। अहिले युवा अवस्थामा अवसरलाई  सदुपयोग  गरे उन्नती प्रगती गर्न  युवाहरुको समय नलाग्ने उनले प्रष्ट पारे।
 
प्रकाशित मिति: १९:२१ बजे, शनिबार, भदौ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्