Kathmandu Press

सुख्खा पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध 

शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरोले खसेको हो। 
सुख्खा पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध 

रुपन्देही, भदौ ८ : सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ। 

शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरोले खसेको हो। ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध प्रहरीले जनाएको छ। 

सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरिएको छ। गासहितको पहिरो ठूलो भएको हुँदा सडक सञ्चालनमा ल्याउन चार–पाँच घण्टा लाग्ने बताएको छ।

अहिले पनि स–साना ढुंगा खसिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको बताइएको छ। 

प्रकाशित मिति: १८:२४ बजे, शनिबार, भदौ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्