Kathmandu Press

जहाँ नदीहरु सरर बग्छ, त्यहाँ संस्कृति पनि बगेको हुन्छ : मन्त्री सिंह

‘खास गरेर नेपालका नदीहरुलाई जोगाएर राख्नुपर्छ। नदी हाम्रो धर्म, संस्कृतीसँग पनि मेल खाएको हुन्छ,’ उनले भने, ‘जहाँ नदीहरु सरर बगेको हुन्छ त्यहाँ संस्कृति पनि त्यहीँ अनुसार बगेको हुन्छ। बागमती सभ्यताको जुन सवाल र अवस्था छ , यसमा सबै मिलेर काम गर्नुपर्छ।’
जहाँ नदीहरु सरर बग्छ, त्यहाँ संस्कृति पनि बगेको हुन्छ : मन्त्री सिंह

काठमाडौं, भदौ ८ : नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सबै नदीहरुलाई जोगाएर राख्नुपर्ने  बताएका छन्। 

शनिबार बागमती रिभर फेस्टिबल २०२४ महाजल यात्रालाई सम्बोधन गर्दै उनले  नदी संस्कृतिसँग पनि जोडिएकोले बचाएर राख्नुपर्ने धारणा राखेका हुन्। 

Hardik ivf

‘खास गरेर नेपालका नदीहरुलाई जोगाएर राख्नुपर्छ। नदी हाम्रो धर्म, संस्कृतीसँग पनि मेल खाएको हुन्छ,’ उनले भने, ‘जहाँ नदीहरु सरर बगेको हुन्छ त्यहाँ संस्कृति पनि त्यहीँ अनुसार बगेको हुन्छ। बागमती सभ्यताको जुन सवाल र अवस्था छ , यसमा सबै मिलेर काम गर्नुपर्छ।’

उनले बागमती राजधानीको मात्र नभएर देशकै  सम्पत्ति भएको उल्लेख गरे।  उनले विभिन्न कालखण्डमा सहरीकरणका कारण तीब्र गतिले बागमती सभ्यता विग्रेको जिकिर गरे।  

‘बागमती राजधानीको मात्र नभइ देशकै गहना भएकाले बचाउन जरुरी छ। विभिन्न कालखण्डमा सहरीकरणका कारण बागमतीको सभ्यता बिग्रियो।   बागमतीको पानीको जुन फ्लोर छ वर्षायाममा मात्र देख्ने गरिन्छ,’ मन्त्री सिंहले भने, ‘वर्षायाम सकिएपछि बागमती दुर्गन्धित तरिकाले बगिरहेको हुन्छ। यसमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ।’ 
 
प्रकाशित मिति: १७:०९ बजे, शनिबार, भदौ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्