Kathmandu Press

घाइतेहरुको उपचारमा कमी हुनेछैन : गृहमन्त्री

सोही क्रममा गृहमन्त्री लेखकले घटना दुखद् भएपनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताए। 
घाइतेहरुको उपचारमा कमी हुनेछैन : गृहमन्त्री

काठमाडौं, भदौ ८ : गृहमन्त्री रमेश लेखक तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिएका छन्। महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरुको जानकारी लिएका हुन्। 

शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पुगेका हुन्। 

Hardik ivf

सोही क्रममा गृहमन्त्री लेखकले घटना दुखद् भएपनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताए। 

‘सडक दुर्घटनाहरु धेरै भइरहेका छन्। यही सिलसिलामा भारतबाट पर्यटकका रुपमा आउनु भएका मानिसको दुर्घटनामा मृत्यु भयो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैले मेहेनतका साथ उद्धार गरेर केही मानिसलाई बचाउन सफल हुनु भएको छ,’ उनले भने।
 
उनले घाइतेहरुको उपचार भइरहेको भन्दै केहीको अवस्था गम्भीर र केहीको अवस्था सुधारात्मक रहेको बताए।  

शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।

सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो। 

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, भदौ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्