तनहुँ बस दुर्घटनाका घाइतेह भेट्न भारतीय युवा राज्यमन्त्री काठमाडौंमा
त्रिभुवन विमानस्थलमा अवतरण गरेलगत्तै उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेगी छिन्। त्यहाँ उनले घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेको भारतीय दूतावासले जनाएको छ।
काठमाडौं, भदौ ८ : भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडौं आइपुगेकी छिन्।
त्रिभुवन विमानस्थलमा अवतरण गरेलगत्तै उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेगी छिन्। त्यहाँ उनले घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेको भारतीय दूतावासले जनाएको छ।
पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो।
घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको थियो।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ। शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।