Kathmandu Press

लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्छ : मन्त्री सिंह

शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरि काम गर्ने बताएका हुन्।  
लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्छ : मन्त्री सिंह
फाइल तस्बिर।

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरि काम गर्ने बताएका छन्।

शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरि काम गर्ने बताएका हुन्।  

उनले पार्टीका नेता कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गरे। अहिले सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी छ।

‘सरकारमा पार्टीले जिम्मा दिएर पठाएको छ । पार्टी र पार्टीका साथीहरुको शीर उच्च हुने गरि काम गर्नेछु,’ सिंहले भने।

यस्तै, नेता सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन्। 

कांग्रेसमा अहिले नेतृत्वको बहिर्गमनबारेको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उनले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताउका हुन्।
 
प्रकाशित मिति: २०:४२ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्