Kathmandu Press

स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन 

मन्त्रालयलाई सुझाव दिन गठित कार्यदलको संयोजकमा प्रा. डा. नारायण विक्रम थापा छन्। यस्तै डा. श्रवणकुमार थापा, स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत शालिकग्राम चौधरी, मन्त्रालयका कानुन अधिकृत सेना बहादुर श्रेष्ठ, र विष्णुबहादुर क्षेत्री सदस्य छन्। 
स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन 

काठमाडौं, भदौ ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद र अनुदानमा प्राप्त स्वास्थ्य सामग्रीको विवरण सङ्कलन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

मन्त्रालयलाई सुझाव दिन गठित कार्यदलको संयोजकमा प्रा. डा. नारायण विक्रम थापा छन्। यस्तै डा. श्रवणकुमार थापा, स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत शालिकग्राम चौधरी, मन्त्रालयका कानुन अधिकृत सेना बहादुर श्रेष्ठ, र विष्णुबहादुर क्षेत्री सदस्य छन्। 

Hardik ivf

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सामग्रीको अभाव तथा खरिद गरेर पनि सदुपयोग हुन नसकेको अवस्था कम गर्न आवश्यक तथ्यांक र सुझावका लागि विज्ञ  समिति गठन गर्न अग्रसरता लिएका छन्।

कार्यदललाई विगत तीन  वर्षमा मन्त्रालय र स्वास्थ्य सेवा विभागले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्रीहरूको वितरण प्रक्रिया, हालको मौज्दात अवस्था र आगामी वितरण योजनाबारे विस्तृत अध्ययन गर्न भनिएको छ। 

विगत तीन वर्षको अवधिमा मन्त्रालय र विभागलाई विभिन्न दातृ निकायहरूबाट अनुदानमा प्राप्त सामग्रीहरूको विवरण, ती सामग्रीहरू वितरणको अवस्था र त्यसपछि हालको मौज्दात अवस्थाबारे समेत विवरण संकलन गर्नेछ।

कार्यदलले विस्तृत विवरण संकलन गरी विद्यमान स्वास्थ्य सामग्रीको वास्तविक अवस्थाको बारेमा जानकारी दिने र स्वास्थ्य सेवा प्रणालीमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा मन्त्रालयको छ। 

‘कार्यदलले आफ्नो अनुसन्धानमा पाएको नतिजाको आधारमा मन्त्रालयलाई सुझाव दिनेछ, जसले स्वास्थ्य सामग्रीको खरिद, वितरण, र व्यवस्थापन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी, र जवाफदेही बनाउन मद्दत गर्नेछ,’ मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले भने। 

उनले गठित कार्यदलले स्वास्थ्य क्षेत्रको खरीद प्रक्रिया थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २०:३५ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्